दफा १४
ब्याज दर निर्धारण गर्ने
(१) संस्थाले लघुबचत तथा लघुकर्जामा दिने, लिने व्याज राष्ट्र बैङ्कको नीति निर्देशनको अधीनमा रही आफैं निर्धारण गर्नेछ । संस्थाद्वारा यसरी ब्याजदर निधारण गरिएको सात दिनभित्र सोको जानकारी बैङ्कलाई दिनुपर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले आवश्यक देखेमा संस्थाले निर्धारण गरेको ब्याज दर थप घट गर्न संस्थालाई निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।